आज देखि कक्षा ८ को परीक्षा सुरु

दिप्तीशिखा चौधरी,दंगीशरण,१ चैत ।
कक्षा ८ को परीक्षा सञ्चालनको क्षेत्राधिकार स्थानीय तहमा हस्तारण भए पश्चात स्थानीय तहहरुले शिक्षा शाखा मार्फत आ–आफनै ढंगले परीक्षा संचालन गरिरहेका छन् । सोहि अनुरुप आज देखि कक्षा ८ को परीक्षा सुरु भएको छ । यसैक्रममा दंगीशरण गाउँपालिकामा पनि आज देखी गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षा सुरु भएको छ ।

आज पहिलो दिन सौहार्दपूर्ण वातावरणमा परीक्षा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाले ५ वटा परिक्षा केन्द्रहरुको अनुगमन गरेको छ । आज पहिलो दिन अनुगमनका क्रममा सबै परिक्षा केन्द्रमा अनुशासन पूर्वक परीक्षार्थीहरु परीक्षामा सहभागी भएको पाईएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मार्शल कुमार वली,शिक्षा शाखाका प्रमूख चक्र बहादुर वली,परीक्षा समितीका सदस्य सचिव अनील केसी लगाएतको टोलीले सुरुमा मोडन गोल्डेन स्टार एकाडेमी वागर परीक्षा केन्द्रको अनुगमन गरेको थियो ।

जहाँ ७९ जना बिद्यार्थी मध्ये ७८ जना परिक्षार्थिहरुले परीक्षा दिएका थिए र १ जना परीक्षार्थी अनुपस्थित रहेको पाईएको थियो । यसैगरी सिद्ध पृथ्वी जनता माध्यमीक बिद्यालय श्रीगाउँमा ५५ जना परीक्षार्थीहरुको उपस्थिती रहेको थियो । यस्तै बबई पब्लीक वोर्डिङ्ग स्कुल गोल्टाकुरीमा ७५ जना , भानु माध्यमीक बिद्यालय प्रसडुवामा ३२ जना र माध्यमीक बिद्यालय मधपुरमा ४० जना परीक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

अनुगमन क्रममा सबै परीक्षा केन्द्रहरुमा भयरहित वातावरणमा अनुशासन पूर्वक परीक्षा भएको पाइएको थियो । परिक्षालाई अनुशासित र मर्यादित वनाउन अनुगमनमा तिव्रता दिईने परिक्षा समितिका सदस्य सचिव अनिल के।सी।ले बताउनु भएको छ । आज पहिलो दिन परीक्षार्थीहरुले अंगे्रजी बिषयको परीक्षा दिएका छन् । आज चैत्र १ गते देखी शुरु भएको कक्षा ८ को परीक्षा चैत्र ११ गते सकिनेछ ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया