एसियन लेभल क्यूज मेनियाका लागि महानायक हमाल दाङ आउदै

ध्रुवराज न्यौपाने ,चैत्र २६ ।
नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक को रुपमा परिचित महानायक राजेश हमाल दाङको तुलसीपुरमा आउदै छन् । एसियन लेभल क्यूज मेनियाको अडिसनका लागि महानायक हमाल तुलसीपुरको गोरखा उमावि मा आउने कार्यक्रम रहेको छ । भोलि आईतवार विहान ८ वजेदखि गोरखा वोर्डिङमा हुने उक्त कार्यक्रममा हमालसंगै गायक हिमाल सागर,निर्माता हरि पोखरेल लगायतको टिम आउने आयोजकले जनाएको छ । भोलिको कार्यक्रममा २४ टिम मध्यबाटे १ टिमलाई विजेताको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको छ  । उक्त कार्यक्रमबाट छानिने टिमले एसियाकै उत्कृष्ट हुनको प्रतिस्पर्धा गर्ने छ ।
यसैविच एसियन लेभल क्यूज मेनियाका लागि तुलसीपुर आउन लागेका महानायक राजेश हमालसगं चलचित्र पत्रकार सघं दाङले साक्षात्कार गर्ने भएको छ । सघंले महानायक हमालसगं तुलसीपुर स्थित गोरखा उमाविकै प्राङ्गणमा विहान ८ वजे साक्षत्कार गर्ने संघका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिएका छन् । साथै उक्त कार्यक्रममा उपस्थितीका लागि सघंले सबमौ अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार
प्रतिक्रिया