तुलसीपुरमा कक्षा ८ को नगरस्तरीय परीक्षा : १६ केन्द्र निर्धारण

तुलसीपुर,२६ फागुन ।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गत कक्षा ८ को नगरस्तरीय परीक्षाको तयारी पुरा भएको छ । शिक्षा महाशाखा तुलसीपुरले कार्यक्रमको आयोजना गरेर परीक्षाको तयारी पुरा भएको जानकारी गराएको हो । शिक्षा महाशाखा तुलसीपुरले गराएको जानकारी अनुसार यस क्षेत्रका १६ वटा विद्यालयमा केन्द्र रहेका छन् ।

“परीक्षा हुने केन्द्रहरु सबै सामुदायिक विद्यालय मै रहेको छ” शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले वताउनु भयो । उहाँले यो वर्षबाट होम सेन्टर हटाएको पनि जानकारी दिनुभयो । चैत्र १ गतेबाट हुने परीक्षामा तुलसीपुर उपमहानगरपालिका भित्र रहेको ८५ विद्यालयका ३ हजार ९ सय ९२ विद्यार्थीहरु सहभागी हुने छन ।

विद्यार्थीलाई पाएक पर्ने गरी केन्द्र निर्धारण गरिएको समेत वताउनुभयो । यसैविच शिक्षा महाशाखाले नगरस्तरीय परीक्षाको सन्दर्भ पारेर केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक, जनप्रतिनिधि कार्यपालिका सदस्यका विचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमको अध्यक्षता एवम् प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुको प्रमुख आतिथ्यमा भएको अभिमुखीकरण कार्यक्रममा परीक्षालाई मर्यादित र अनुशासित वनाउनका लागि सबैले भुमिका खेल्नुपर्ने कुराका वारेमा प्रमुख अतिथि सारुले जोड दिनुभएको थियो ।

त्यस्तै नगरप्रवक्ता सुर्यवहादर डाँगीले विद्यार्थीहरुलाई भयरहित वातावरणमा परीक्षा गर्न सक्ने वातावरण तय गर्नुपर्ने आवश्यकता रहेको वताउनुभयो । कार्यक्रममा शिक्षा समिति संयोजक देवराज विकले अनुगमनलाई प्रभावकारी वनाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै होम सेन्टरको अवधारणालाई यसपटकबाट अन्त्य गरिएको वताउनुभयो । कार्यक्रमको सहजिकरण परीक्षा समितिका सदस्य सचिव मुकुन्द रिजालले गराएका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया