२०८३ असार १३ गते शनिवार

दाङ भ्यालीको २३औं बार्षिकउत्सव: सुस्त श्रवण बालबालिकालाई शैक्षिक सामग्रि

तुलसीपुर,२४ फागुन ।

बढ्दो बेरोजगारको अन्त्य गर्नका लागि बिक्ने शिक्षा नै आजको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन । तुलसीपुर उपमहानगरपालीका ६ मा रहेको दाङ भ्याली ईङलीस बोर्डिङ्ग स्कुलको २३औं बार्षिकउत्सव तथा शैक्षिक सामग्रि वितरण कार्यक्रमका सहभागिले यस्तो कुरामा जोड दिएका हुन ।

उनिहरुले अवको शिक्षा सृजनशिल र ब्यावहारीक हुनुपर्नेमा जोड दिएका छन । स्कुल संचालक समितिका अध्यक्ष तिलक शाहुको अध्यक्षता तथा वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले बालबालिका लाई असल शिक्षा दिनको लागि घर बाटै सुरुवात गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख अतिथि लामीछानेले बालबालिकाको शिक्षा विकासको लागि अभिभावक,विद्यार्थि र शिक्षक जिम्मेवार बन्नुपर्ने बताएका थिए ।

कार्यक्रममा राप्ती बहिरा संघमा रहेका ७८ जना शुस्त श्रवण भएका बालबालिकाहरुलाई ५० हजार बराबरको शैक्षिक सामग्रि वितरण गरिएको थियो । तामझाम गरेर बार्षिक उत्सव मनाउनु भन्दा शैक्षिक क्षेत्रमा लगानि गर्ने उद्येश्यले उनिहरुलाई सहयोग गरिएको हो ।
सो अवसरमा सरसफाई अभियन्ता ईश्वरी प्रसाद गैरे,राप्ती बहिरा संघकि निर्देशक प्रतिमा शर्मा,अध्यक्ष अजय शर्मा,प्रावि श्रीगैंका प्रधानाध्यापक फर्सुराम खनाल, तुलसीपुर एकेडेमिका भागवत भट्टराई लगायतले बोलेका थिए ।

शिक्षक जित बहादुर बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा धन्यवाद कार्यकारी प्रधानाध्यापक शिला अर्याल गरेकि थिईन भने सहजिकरण सहायक प्रधानाध्यापक केशर बुढाथोकिले गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न विधामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना स्थान हासिल गरेका विद्यार्थिहरुलाई पुरस्कृत गरिएको थियो । त्यस अवसरमा विद्यार्थिहरुले नृत्य,गित र संस्कृत झल्कने प्रस्तुती राखेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २५ गते शनिवार
प्रतिक्रिया