२०८३ बैशाख ११ गते शुक्रवार

माओवादीका नेतालाई पक्राउ गर्नुको कारणसहित उपस्थित बनाउन जिल्ला प्रहरीलाई उच्चको आदेश

तुलसीपुर,२३ फागुन
उच्च अदालत तुलसीपुरले विप्लव माओवादीका नेतालाई पक्राउ गुर्नको कारण सहित उपस्थित बनाउन जिल्ला प्रहरी कार्यालय दाङलाई आज आदेश दिएको छ ।  अदालतमा परेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीस नहकुल सुवेदीको एकल इजलाशले पक्राउ गर्नुको कारण सहित पक्राउ परेका विप्लन नेतृतवको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य प्रदिप वली, इश्वरी पाण्डे र रुद्ध वलीलाई चार दिन भित्र उपस्थित बनाउन आदेश दिएको हो ।
आदेशमा निवेदकको माग बमोजिम पक्राउ गर्नुपर्ने, बन्दीलाई थुनामुक्त गर्नु नपर्ने लिखित जानकारी सदित बन्दीलाई फागुन २६ गते १० बजे भित्र उच्च अदालत तुलसीपुरमा उपस्थित बनाउनु पर्ने उल्लेख । बन्दीको तर्फबाट रमिता वलीले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा निवेदकको तर्फबाट बरिष्ठ अधिवक्ता वामदेश शर्मा, विष्णुमणी धिताल, रामशरण चौधरी र पुष्कार भण्डारीले बहस गर्नुभएको थियो । निवेदकको तर्फबाट जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरीलाइृ विपक्षी बनाइएको छ । माओवादीका नेतालाई गत सोमबार तुलसीपुरको एक कार्यक्रम स्थलबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया