स्वर्गीय वलीको स्मृतिमा बालबाटीका निर्माण गरिने

तुलसीपुर १९ फागनु

स्वर्गीय उत्तरकुमार वलीको स्मृतिमा बालबाटीका निर्माण गरिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा तुलसीपुर उपमहानगरपालिका– १ र २ को संयुक्त आयोजनामा भमकेखोलामा भएको अस्तु विर्सजन कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बालबाटीका निर्माण गर्ने बताउनुभएको हो ।

परमपरा देखि घाटको रुपमा प्रयोग हुदै आएको त्यस क्षेत्रमा करिब डेढ कठ्ठा प्रति ऐलानी जग्गा खाली भएकाले बालबाटीका बनाउन उपयुक्त भएको उहाँले बताउनुभयो । स्वर्गीय वलीको अधुरा योजना र सपना पुरा गर्न आफनो तर्फबाट लागि पर्ने नगर प्रमुख पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तुलसीपुर उपमहागनरपालिका –१ का वडाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको शोकसभामा नेकपाका नेता विनोद शर्मा, राममणी नेपाली, प्रेम न्यौपाने, भिम योगी, शालिकराम विक, तुलसीराम शर्मा, तुलसीपुर उपमहागरपालिका कार्यपालिका सदस्य अम्मर नेपाली माइकल, लगाएतले वलीले विगतमा समाज रुपान्तरणमा खेलेका महत्वपूर्ण भूमिको चर्चा गरेका थिए । प्रदेश सभा सदस्य उत्तर कुमार वलीको निधन भएको दशौ दिनको अवसरमा पश्चिम दाङमा नेकपाले अस्तु विर्सजन तथा शोकसभा गरेर सम्झीएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया