दंगीशरणमा सामुदायीक बिद्यालयको अनुगमन: धेरै बिद्यार्थी अनुपस्थित

दिप्तीशिखा चौधरी, दङ्गिशरण, १४ फागुन ।
राष्ट्रिय प्रारम्भिक कक्षा अनुगमन टोली र दङ्गिशरण गाउँपालिकाको शिक्षा शाखाले आज सोमबार दङ्गिशरण गाउापालिका वडा न. १ र २ मा रहेको प्राथमिक बिद्यालयको अनुगमन गरेको छ । अनुगमन टोलीले श्री प्राथमिक बिद्यालय मलईखोला गोलटाकुरी १ ठाटीमा गएर अनुगमन गरेको हो । गाउँपालिकाको दुर्गम ठाउँमा रहेको बिद्यालयमा पुग्दा जम्मा ४८ जना बिद्यार्थीहरु भर्ना भएकोमा २३ जना मात्र अध्ययनका लागि पढ्न आउने गरेको पाईएको थियो ।

दङ्गिशरणको दुर्गम ठाउँको रुपमा रहेको मलई खोला भन्ने स्थानमा जम्मा करिव ७० वटा घरधुरी संख्या रहेकाले त्यहाको बिद्यालयमा बिद्यार्थीको संख्यामा कमि भएको पाईएको हो । त्यसैगरि टोलीले कक्षा कोठाको अवलोकन,शिक्षण सिकाई सामग्री तथा पुरक पढाई सामग्रीको प्रयोग, बिद्यालयको क्रियाकलापमा अभिभावकहरुको सहभागिताको अवस्था,बिद्यालय ब्यवस्थापन,शिक्षक अभिभावक समितीको बैठकको नियमितताको अवस्था,बालबालिकाको नियमितताको अवस्था,राष्ट्रिय प्रवर्धन गर्न बिद्यालय तथा समुदायमा गरिएका अतिरीक्त क्रियाकलापहरुको अवस्था मध्यम नै पाईएको थियो ।

त्यसैगरि बिद्यालयको सबल पक्षहरुमा कक्षा कोठामा शिक्षण सिकाई सामग्रीको प्रयोग भएको,अभिभावकहरुको सक्रिय सहभागिता,बिद्यालय बयवस्थापन समितीको नियमित बैठक नियमित रुपमा भएको पाईएको थियो । यसैगरि बिद्यालयमा बिधार्थीहरु घट्नुका कारणमा बसाईसराई,बर्षातको समयमा खोला तर्न नसक्नु मुख्य कारण रहेको पाईएके थियो । छलफलका क्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले बिद्यालयको भौतीक पूर्वाधारलाइ अगाडि बढाउन गाउँपालिकाले सहयोग गर्ने बताउदै शिक्षकहरुको कमजोरीले पनि सामुदायीक बिद्यालयहरु धरापमा पर्दै गएको बताएका थिए । साथै उनीहरुले मलईका सम्पूर्ण घरधुरीबाट बालबालिकाहरुलाई बिद्यालयमा आउने बातावरण मिलाउन बिद्यालयल शैक्षीक शत्र अगाडि देखि नै चेतनामूलक शन्देश,वहस गर्नुपर्ने लगाएतका अहम् भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।

बिद्यालयले बिधार्थीहरुलाई खाजा,किताव कापी कलम र ड्रेसको ब्यवस्थापन गरिदिन माग गरेको थियो । यसैगरि अनुगमन टोलीले वडा न.२ मा रहेको श्री प्राथमिक बिद्यालय कौवाघारीको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा कक्षा कोठाको अवलोकन,शिक्षण सिकाई सामग्री तथा पुरक पढाई सामग्रीको प्रयोग, बिद्यालयको क्रियाकलापमा अभिभावकहरुको सहभागिताको अवस्था,बिद्यालय ब्यवस्थापन,शिक्षक अभिभावक समितीको बैठकको नियमितताको अवस्था,बालबालिकाको नियमितताको अवस्था,राष्ट्रिय प्रवर्धन गर्न बिद्यालय तथा समुदायमा गरिएका अतिरीक्त क्रियाकलापहरुको अवस्था राम्रो रहेको पाईएको थियो ।

बिद्यालयको सवल पक्षहरुमा बिधार्थीहरुको उपस्थिती उत्साहजनक,शिक्षकहरुको उपस्थिती राम्रो, शैक्षीक सामग्रीको प्रयोग प्रभावकारी,स्थानीय शैक्षीक सामग्री निर्माणमा शिक्षकहरुको सक्रिय सहभागिता रहेको, बिद्यालयको प्रशासनीक ब्यवस्था प्रभावकारी देखिएको थियो । त्यसैगरी सुधारात्मक पक्षहरुमा बिद्यालयको खेल मैदान खुल्ला रहेकाले स्थानीय सरकार तथा सहयोगी दाताहरुबाट आर्थिक ब्यवस्थापन मिलाएर बिद्यालयको कम्पाउण्ड निर्माण गर्नुपर्ने,बिधार्थीको उपस्थिती न्यून भएकाले उपस्थिती बढाउनुपर्ने,अभिभावकहरुलाई पढाई कुनाको ब्यवस्था गर्न अझै सक्रियता बढाउनुपर्ने,शिक्षकहरु उपस्थिती न्यून रहेको पाईएको थियो ।

अनुगमनमा राष्ट्रिय प्रारम्भिक कक्षाका कार्यक्रम सयोंजक दिपलाल चौधरी,सामुदायीक परिचालक पारस चौधरी, दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी,उपाध्यक्ष पिमा कुमारी खड्का,प्रशासकिय अधिकृत मार्शल कुमार वली,शिक्षा शाखाका प्रमूख अनील के.सी रहनुभएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते मङ्गलवार
प्रतिक्रिया