कर्णालीलाई दाङसंग जोड्ने ज्वालाको चाहना

दाङ, १० फागुन 

कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीलाई दाङसंग जोडेर संघिय राजधानी पुग्ने व्यवस्थापन गर्न चांडै तुलसीपुर हापुरे—सुर्खेत सन्चालनमा आउने दावी गर्नुभयो । रिर्पोर्टर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
‘यो सडकले कर्णालि प्रदेश, पांच नंवर प्रदेशको राजधानी दाङ र संघिय राजधानी काठमाण्डौलाइ जोड्ने छ, मन्त्री ज्वालाले भन्नुभयो, यो सडक सन्चालनमा आए कर्णालिलाइ राजधानीमा जोड्न ८७ किमि दुरी समेत कम हुने छ ।’ त्यसै अवसरमा मन्त्री ज्वालाले अहिले स्थाइ राजधानीको छटपटि सवैभन्दा बढि बांके र बर्दीयालाइ भैरहेको बताउंदै उनीहरुको भावनालाइ संबोधन गरेर स्थाइ राजधानी तोकिनुपर्ने पनि बताउनुभयो । साथै उहांले अमिलिया—तुलसीपुर—रुकुम सडकलाइ स्तरोन्नतीमा पनि संघिय सरकार लागीपर्नुपर्ने बताउनुभयो । कार्यक्रम रिर्पोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार
प्रतिक्रिया