जनताको पहुँच पुग्ने ठाउँमा राजधानी हुन्छ : उर्जामन्त्री पुन

तुलसीपुर दाङ, १० फागुन

उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले जनताको पहुँच पुग्ने ठाउँमा राजधानी तोकिने बताउनु भएको छ । रिपोटर्श क्लव दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले प्रदेश राजधानीका लागि जनमत बुझन्े काम समेत प्रदेश सांसदहरुबाट सुरु भैसकेको उर्जामन्त्री पुनले दावी गर्नुभयो ।
राजधानीको नामाकरण र स्थाइ राजधानीको टुंगो लगाउन प्रदेश सभाले उपयुक्त निर्णय गर्नेमा ढुक्क रहन पनि आग्रह गर्नुभयो । त्यसै अवसरमा मन्त्री पुनले संघियता कार्यन्वयनको प्रमुख आधार भनेकै कानुन निर्माण भएकाले सरकारले यो बर्ष अत्यधिक मात्रामा कानुन निर्माणमा समय विताएको बताउनुभयो । कार्यक्रम कल्बका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार
प्रतिक्रिया