नेसंविको महाशाखामा ताला खुल्यो

तुलसीपुर,७ फागुन ।
नेपाल संस्कृत विश्वविद्यालयको प्रशासनिक महाशाखामा लगाइएको ताला सहमतिपछि खोलिएको छ । अनेरास्ववियुले महाशाखामा गत असोज १८ गते लगाएको ताला सोमवार निसवि संग भएको सहमतिपछि खोलिएको हो । कर्मचारी तथा शिक्षक नियूक्तिको लागि निल प्रसाद सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

उक्त समिति गठ विविधबत नभएको भन्दै ताला लगाईको थियो । सहमतिमा उक्त समिति विघटन गरी प्रक्रियागत रुपमा कर्मचारी र शिक्षक नियुक्ति गर्ने सहमति भएको छ । छलफललमा अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियार,सचिव विराज डिसी, अनेरास्ववियु दाङका जिल्ला सदस्य लक्ष्मण गिरी , वार्ता समितिका संयोजक नेपाल संस्कृत विश्वविद्यालय सह प्रशासक हिमलाल पन्थी,सदस्य उप प्रशासक बुद्धि बहादुर जिसी,सदस्य उप लेखा निरीक्षक हरी बहादुर डि सी, विष्णु दहाल, विनय कुमार पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया