विद्यालयहरुलाई प्रस्ताब पेश गर्न आब्हान 

तिर्थराज ज्ञवाली
२३ माघ,मसुरीया(दाङ)/
राप्ती गाउँपालिका  गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाले राप्ती गाँउपालिका अन्तर्गतका सम्पुर्ण  सामुदायिक विद्यालयहरुलाई प्रस्ताब पेश गर्न  आब्हान   गरेको छ  ।
एक सुचना मार्फत राप्ती गाँउपालिका अन्तर्गतका विद्यालयहरुलाई राप्ती गाउँपालिकालाई विद्यालय क्षेत्र विकास कार्यक्रम स्कुल सेक्टर डेभलपमेन्ट प्रोग्राम अन्तर्गत चालु आ.ब. २०७५।०७६ मा गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुलाई वितरण गर्न शसर्त अनुदानका रुपमा  कार्य गर्ने गरि पाँच शिर्षकमा प्रस्तावना माग गरिएको राप्ती गाउँपालिका  गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यबस्थापन, शिक्षण सिकाइमा सूचना प्रबिधिको प्रयोग, माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण, गणित विज्ञान र अंग्रेजी विषयका लागि क्रियाकलापमा आधारित सामाग्री प्रदान, पानी तथा स्वास्थ्य र सरसफाई सहितको शौचालय निर्माणका लागि प्रस्तावना माग गरिएको राप्ती गाउँपालिका  शिक्षा शाखा प्राविधिक सहायक फनेन्द्रराज देवकोटाले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया