बबई शैक्षिक बुलेटिनको बिमोचन

बालकृष्ण पाण्डे,हापुरे , १० माघ ।

बबई गाउपालिका शिक्षा युबा तथा खेलकुद शाखाले आफ्नो नियमित प्रधानाध्यापक बैठक आज माबि कौशिलापुरमा सम्पन्न गरेको छ । शिक्षा शाखाको पाँचौ प्रध्यानाध्यापक बैठकमा शिक्षा शाखा द्वारा प्रकाशन गरिएको पहिलो अङकको बबई शैक्षिक बुलेटिनको समेत बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले बिमोचन गर्नु भएको छ ।

माबी कौशिलापुरमा भएको बैठकको अध्यक्षता कौशिलापुर माबिका प्रअ एवं परीक्षा समितीका अध्यक्ष नेकमान बस्नेतको अध्यक्षता एवं बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला शिक्षा समन्वय इकार्इ दाङका प्रतिनिधि देबमणि चौधरीको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

बैठकमा उपस्थीत प्रअ तथा प्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम बबई गाउपालिकाका अध्यक्ष पौडेलले शिक्षकहरुको काम बिद्यालयको समस्या समाधान गर्ने काम नभएर बिद्यार्थीहरुको भबिष्य कसरी निर्माण गर्ने भन्ने कुरामा चिन्ता लिने भएको हुदा बिद्यार्थीको बिषयमा सोच्न अनुरोध गर्नु भएको छ ।

कार्यक्रमका बिशिष्ठ अतिथी जिल्ला शिक्षा समन्वय इकाईका प्रतिनिधि देबमणी चौधरीले जिल्ला शिक्षा समन्वय र गाउपालिका बिच को अन्तर सम्बन्धका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बबई गाउपालिकाका प्रबक्ता टन्कराज बिश्वकर्मा , बिब्यसका अध्यक्ष बलबिर बिक लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बबई गाउपालिकाका सामुदायिक बिद्यालयले मासिक प्रगती बिबरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख मोहनलाल दाहाल र उप संयोजक जित बहादुर केसिले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७५ माघ ११ गते शुक्रवार
प्रतिक्रिया