कक्षा १२ को परीक्षामा दाङबाट सात हजार बढिले सहभागिता जनाउने

बसन्त परियार,तुलसीपुर २३ ।
बैशाख १० गते बाट सुरु हुने कक्षा १२ को परीक्षामा दाङबाट सात हजार बढिले सहभागिता जनाउदै छन । नियमित र आशिंक तर्फ गरी ७ हजार ४ सय ३८ जनाले सहभागिता जनाउन लागेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय दाङले जनाएको छ । जस अनुसार नियमित तर्फ ४ हजार ५ सय ६४ र आशिंक तर्फ २ हजार ८ सय ७४ जना रहेको कार्यालयका सुचना अधिकारी भगवान यादवले जानकारी दिए । उनका अनुसार कार्यालय अन्र्तगत पर्ने जिल्लाहरु मध्ये सबै भन्दा बढि दाङमा र कम रोल्पामा रहेका छन । जहा नियमित तर्फ ७ सय ५० र आशिंक ५ सय ८० गरी जम्मा १ हजार ३ सय ३० जना छन ।

यस्तै प्युठानमा नियमित तर्फ ९ सय ४८ र आंशिक तर्फ ५ सय ६९ गरी १ हजार ५ सय १७ जना रहेका छन । त्यसैगरी सल्यानमा नियमित तर्फ १ हजार २ सय ३१ र आशिंक तर्फ ३ सय ४८ गरी १ हजार सय ७९ जना परीक्षार्थिले परीक्षामा सहभागि हुने यादवले जानकारी दिए । रुकुममा २ हजार ३ सय ६२ र आशिंक तर्फ ७ सय ४३ जना गरी ३ हजार १ सय ५ जना रहेका छन । कार्यालय अन्र्तगत पर्ने पाच जिल्लाका लागि ५६ वटा परीक्षा केन्द्र तोकिएको छ । जस अन्र्तगत दाङमा २१, सल्यानमा १३, रुकुममा १२, रोल्पा र प्युठानमा ५/५ वटा केन्द्र रहने बताइएको छ । अहिले परीक्षार्थिको प्रवेश पत्रमा सिम्वोल नम्बर दिने काम भैरहेको सुचना अधिकारी यादवले जनाए ।

यस्तै असाढ १ गते देखि सुरु हुने कक्षा ११ को परीक्षामा कुन जिल्ला बाट कति विद्यार्थि छन विवरण हेर्नुहोस 

क्र.स.      जिल्ला        नियमित     आशिंक     जम्मा
१            दाङ               ७७७१         २०५४         ९८२५
२            सल्यान        २५१६         ३५५            २८७१
३            रोल्पा           १२२१         ५८१            १८०२
४            रुकुम           ३४५७         ८७२             ४३२९
५            प्युठान        १५५५         ५६९             २१२४
                              १६५२०       ४४३१          २०९५१

 

 

प्रकाशित मिति : २०७३ चैत्र २३ गते बुधवार
प्रतिक्रिया