तुलसीपुर,३ मंसीर ।
स्थायी समितिको बैठकको तयारी गर्न सत्तारुढ नेकपा केन्द्रीय सचिवालयको बैठक मंसीर ६ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डको बैठकले सचिवालय बैठकको मिति तय गरेको हो। स्थायी समितिमात्र होइन, केन्द्रीय सचिवालयको बैठकपनि लामो समयसम्म नडाकिँदा नेकपामा असन्तुष्टि चुलिँदै गएको थियो।
एक हप्ताभित्र बैठक नडाकिए ‘फोर्सफुल मिटिङ’ का लागि हस्ताक्षर अभियान थाल्ने चेतावनी स्थायी समितिका केही नेताहरुले दिएपछि अध्यक्ष द्धयले बैठकको तयारी थालेका हुन् । हस्ताक्षर अभियान सञ्चालन गरेर मिटिङका लागि दबाब दिँदा पार्टीभित्र ध्रवीकरणको स्थिति पैदा हुनसक्ने स्थिति आएपछि बैठकको तयारी भएको हो ।
केन्द्रीय सचिवालयका रहेका नेताहरुले त्यो स्थिति आउनु भन्दा पहिल्यै बैठक डाक्न पार्टी नेतृत्वलाई सुझाव दिएका थिए।
प्रकाशित मिति : २०७५ मङ्सिर ३ गते सोमवार