२०८३ असोज १८ गते आइतवार

कांग्रेस महाधिवेशनमा ७ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन । हिजो (शुक्रबार) कांग्रेसको मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम अवस्थामा पुगिसकेको पनि बताउनुभयो । कांग्रेस प्रवक्ता चालिसेले महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्न सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताउनुभयो ।

महाधिवेशनको तयारी अन्तिम अवस्थामा पुगिसकेको उहाँले बताउनुभयोख। ‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेको छ। प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू, झकिझकाउ धेरै देख्नुहुने छैन। देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो,’ उहाँले भन्नुभयो । कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरु राखीने भएकोछ । पार्टीले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरुलाई आग्रह गरेको छ । कांग्रेसको महाधिवेशनमा ७७ सय प्रतिनिधि सहभागी हुने भएका छन् । प्रतिनिधि छनोट गर्ने क्रम अन्तिम चरणमा पुगिसकेको उहाँले बताउनुभयो ।

‘महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री सहरमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ,’ उहाँले भन्नुभयो । महाधिवेशनमा आउने प्रतिनिधिलाई बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमा व्यवस्था मिलाएको भए पनि बासको व्यवस्था आफैँले गर्नुपर्ने उहाँको भनाइ छ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।