२०८३ असोज १३ गते मङ्गलवार

कांग्रेसले १५ औं महाधिवेशनको मिति सार्ने तयारी

फोटो फाईल

काठमाडौ, १३ असोज । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने तयारी गरेको छ । केन्द्रीय कार्यालयको टिमको आज अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक पदाधिकारीले जानकारी दिनुभयो । कांग्रेसले १५ औं महाधिवेशनको मिति यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई निम्तो पठाइसकिएको छ ।

तर असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षासँगैको बाढीपहिरोले तल्ला तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशन केही दिन पछि सार्ने तयारी गरिएको हो । दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वहरु नजिकिइसकेकाले त्यसभन्दा अघि गर्ने कि पछि भन्ने निर्णय आज टुंगो लाग्ने कांग्रेस संस्थापन पक्षका नेताहरु बताउँछन् । संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५ औं महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।