२०८३ असोज ४ गते आइतवार

दाङमा २४ वडामा काँग्रेसको अधिवेशन सम्पन्न

फाइल फाेटाे

तुलसीपुर, ३ असोज । दाङका २४ वटा वडामा नेपाली काँग्रेसको वडाअधिवेशन सम्पन्न भएको छ । केन्द्रिय समितिको १५ औं महाधिवेशन अन्तर्गत आज र भोलि देशैभर वडा अधिवेशन तोकिएको थियो । जस अन्तर्गत दाङको बबई गाउँपालिकामा ६ वटा वडा, शान्तिनगरमा ७ वटा, दंगिशरणमा ४ र गढवामा ४ वडामा सर्वसहमत वडा अधिवेशन सम्पन्न भएको नेपाली काँग्रेस दाङका जिल्ला सभापति शंकर डाँगीले जानकारी दिनुभयो ।

‘अहिलेसम्म २४ वटा वडामा अधिवेशन सम्पन्न भएको जानकारी मलाई आएको छ । जहाँ जहाँ अधिवेशन सम्पन्न भएको छ, त्यहाँ सर्वसहमत भएको छ ।’ सभापति डाँगीले भन्नुभयो । यसैगरी तुलसीपुर उपमहानगरका १९ वटा वडा मध्य ३ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ । क्षेत्र नं ३ का संघिय सभापति जगत खडकाका अनुसार उपमहानगरको ६,९ र १५ नम्बर वडामा अधिवेशन सम्पन्न भएको छ । बाँकी वडामा भोलि अधिवेशन हुने छ । पार्टीको १५ औं केन्द्रिय महाधिवेशन असोज १६ र १९ गते हुँदै छ ।

यो समाचार हेर्न क्लिक गर्नुहोस

कांग्रेसको वडा अधिवेशन सुरु, दाङका अधिकांश वडामा भोलि
प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।