२०८३ साउन २६ गते मङ्गलवार

नेकपा दाङले पालिका समितिको जिम्मेवारी बाँडफाड,तुलसीपुरमा ईन्चार्जको जिम्मा चौधरीले पाए

फोटो फाईल

तुलसीपुर, २६ साउन । नेपाली कम्युनिष्ट पाटी(नेकपा) दाङले जिल्लाका क्षेत्रिय समिति र पालिका समितिको जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपा जिल्ला पाटी कार्यालयको गत साउन १४ गते बसेको बैठकले गरेको निर्णय अनुसार जिल्लाका सम्पुर्ण पालिका समिति र क्षेत्रिय समितिको जिम्मेवारी बाँडफाँड गरिएको हो ।

उक्त निर्णय कार्यान्वयनका लागी हिजो सोमवार मात्रै जिल्लाका दश वटैे पालिका ईन्चार्ज,सहईन्चार्ज,संयोजक ,सहसंयोजक र तिन वटै क्षेत्रिय समितिका ईन्चार्ज र संयोजकलाई पत्राचार गरिएको छ । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पाटी लगाएतका दलहरु बिच एकता गरेर नेपाली कम्युनिष्ट पाटी (नेकपा) बनेको थियो ।

तुलसीपुरको ईन्चार्जमा खुशीराम चौधरी

नेपाली कम्युनिष्ट पाटी-नेकपा) दाङले दश वटै पालिका समितिको ईन्चार्ज,सहईन्चार्ज,संयोजक र सहसंयोजक तोकेको छ । जसमा तुलसीपुर नगरको ईन्चार्जमा खुशीराम चौधरीलाई तोकेको छ । चौधरी यस अघि तत्कालिन नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटिको अध्यक्ष भएर काम गरी सक्नु भएको छ । उहा अहिले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को वडा अध्यक्ष हुनुहुन्छ । यस्तै सहईन्चार्जमा मिना बुढा, भिम बहादुर डाँगी, तारा देवकोटा, पिताम्वर आचार्य, मोहन थापा र तिलक शाहुलाई तोकिएको छ ।

यस्तै बैठकले पालिका समितिको संयोजक र सहसंयोजक पनि तोकेको छ । जसमा संयोजक जगदिश देवकोटा र सहसंयोजकमा शसीकिरण ढकाल, सुर्दशन विक, डिला परियार र ईश्वरा बुढालाई जिम्मेवारी दिईएको छ । साथै बैठकले आउदो भदौ ५ गते भित्र पालिका समिति तथा वडा समितिको बैठक सम्पन्न गर्ने, भदौ १५ गते भित्र सदस्यता नवीकरण गर्ने र भदौ १५ गतेदेखी २५ गते सम्म वडा समितिको अधिवेशन सम्पन्न गर्ने र भदौ २५ गते देखी मसान्त सम्म पालिका अधिवेशन लगाएतका निर्णय गरेको छ ।

विस्तृतमा निर्णय सहित विवरण यस्तो छ :

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया