२०८३ असोज ६ गते मङ्गलवार

देउवा समूहद्धारा ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन

फोटो फाईल

काठमाण्डौ, १६ साउन । नेपाली कांग्रेसको देउवा (पूर्वसभापति शेरबहादुर देउवा) समूहले ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। शनिबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले डा। शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरेको जानकारी गराएको छ।

देउवा समूहले साउन २९ गते काठमाडौँमा भेला गर्दै छ। विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति भएपछि देउवा समूह असन्तुष्ट रहँदै आएको छ। एकताका लागि कांग्रेसको संस्थापनका नेताहरू इच्छुक नदेखिएको र आफूहरू राष्ट्रिय भेला गर्ने अवस्थामा पुगेको पत्रकार सम्मेलन गर्दै कोइरालाले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।