२०८३ साउन ५ गते मङ्गलवार

महिलाहरु आयआर्जनमा जोडिनु पर्छ : पूर्वमुख्यमन्त्री चौधरी

दाङ, ४ साउन ।  समुदायमा रहेका महिला समुह तथा विपन्न, लक्षित थारु महिलाहरुसंग आर्यआर्जन तथा आर्थिक विकासका विषयमा तुलसीपुरमा अन्तरक्रिया गरिएको छ । बेस सस्थाको आयोजकोना, तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्य तथा डोम च्यारिटी तथा फेमिलि फाउण्डेशनको सहयोगमा कार्यक्रम गरिएको हो । विपन्न महिला तथा महिला समुहरुलाई आय आर्जनसंग जोडेर महिलाहरुको आर्थिक विकासमा टेवा पु¥याउने उदेश्यले कार्यक्रम गरिएको बेसका कार्यक्रम निर्देशक पिंकी डाँगीले बताउनु भयो ।

उहाँले बेसले धेरै वर्षदेखि अल्पसंख्यक, विपन्न, थारु महिलाहरुको क्षेत्रमा काम गर्दै आएको र समुहगतरुपमा पनि काम गरेको जानकारी गराउँदै यस वर्षमा पनि विभिन्न माध्यमबाट महिलाहरुलाई आर्थिकोपार्जन तथा आयआर्जनमा जोडिने बताउनु भयो । तुलसीपुर उपमहानगनरपालिका अन्तरगतका बस्तीमा रहेका महिला समूहका प्रतिनिधिहरुलाई कार्यक्रममा सहभागि बनाइ विभिन्न क्षेत्र र निकायबाट आएका योजना र कार्यान्वयनको अवधारणका विषयमा जानकारी गराइएको थियो ।

बेस संस्थामा सदस्य उजेली चौधरीको अध्यक्षतामा तथा पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिलाहरु आयआर्जनसंग जोडिनु पर्ने बताउनु भएको छ । आर्थिक समृद्धिका लागि महिलाहरुले कमाउनै पर्ने भन्दै आफनो सिप, व्यवसाय, कृषि सबै क्षेत्रसंग जोडिएर महिलाहरु आर्थिक शसशक्तिकरणमा लैजानु पर्ने बताउनु भयो ।

महिलामा आर्थिक विकास भयो भने मात्रै समाजरुपान्तरण हुने उहाँले भनाई थियो । महिलाहरुले घरमै बसेस २०/३० हजार रुपैया कमाउने वातारण बन्नु पर्ने र त्यो वातावरण निर्माण गर्न प्रदेश सरकार समेत लागेको छ, चौधरीले भन्नु भयो, यस वर्ष यो क्षेत्रमा १० हजार महिलालाई आय आर्जनमा जोड्ने गरि कार्यक्रमको व्यबस्था गरिएको छ । महिलामा आर्थिक सशक्तिकरण आबश्यक रहेको भन्दै आफुले महिला केन्द्रित आर्यआर्जन कार्यक्रममा पहल गरेको बताउनु भयो । कार्यक्रको सहजीकरण गोपाल शर्मा भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमवार
प्रतिक्रिया