२०८३ असार २० गते शनिवार

हामीले धक्का खाएका छौं, तर फेरी उठ्छौं : अध्यक्ष ओली

फोटो फाईल

काठमाण्डौ, २० असार । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू अहिले अप्ठेरो परिस्थितिमा रहेको स्वीकार गर्दै उठ्ने र प्रतिवाद गर्ने बताउनु भयो । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभयो । निर्जीव वस्तु कहिले पनि असजिलोमा नपर्ने भन्दै उहाले अहिले आफूहरू केही समस्यामा परेको भए पनि सधैं यस्तो नहुने जिकिर गर्नुभयो ।

‘हामी कठिनाइमा छौं । यतिबेला कठिनाइमा छौं । कठिनाइ भनेको जीवनमा आइपर्ने चिज हो । निर्जिव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन,’ ओलीले भन्नुभयो, ‘हाम्रो पार्टीलाई कठिनाइ आएको छ भनेको हामी जीवित छौं । हामीले धक्का खाएका छौं । हामी पछारिएका हौंला तर हामी जीवित छौं । हामी उठ्छौं । हामी प्रतिवाद गर्छौं । हामी प्रतिरोध पनि गर्छौं ।’आफ्नो पार्टीले प्रगति गर्न खोज्दा हमला भएको उहाको भनाइ थियो ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिवार
प्रतिक्रिया