२०८३ भाद्र २४ गते बुधवार

गोरखा सेकेन्डरी स्कुल ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ बाट सम्मानित

तुलसीपुर,१५ असार। दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित गोरखा सेकेन्डरी स्कुल राष्ट्रिय स्तरको प्रतिष्ठित ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ बाट सम्मानित भएको छ। सामाजिक संस्था फोकस नेपाल द्वारा आयोजित विशेष समारोहमा विद्यालयलाई शिक्षा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान, गुणस्तरीय शिक्षा प्रवर्द्धन, अनुशासित शैक्षिक वातावरण निर्माण, दक्ष शैक्षिक जनशक्ति उत्पादन तथा समग्र शैक्षिक विकासमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको उच्च मूल्यांकन गर्दै  शनिबार उक्त सम्मान प्रदान गरिएको हो। काठमाडौंको  भृकुटीमण्डपमा आयोजित कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा सांसद अर्जुन नरसिंह के.सी.को  प्रमुख आथित्यता  एबम फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षतामा  विद्यालयलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो। विद्यालयले  म्यानेजमेन्ट मा लगातार तिनबर्ष जिल्ला प्रथम र हालको बर्ष नेपाल प्रथम  भएकोले सम्मानित भएको थियो। “विद्यार्थी सर्वोधन प्रधानम्” भन्ने उद्देश्यका साथ पर्याप्त भौतिक पूर्वाधार, दक्ष तथा अनुभवी शिक्षक–शिक्षिका, समयानुकूल प्रतिस्पर्धात्मक शिक्षण प्रणाली, अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट एसईई नतिजामार्फत राष्ट्रिय स्तरमा समेत सफल विद्यालयको पहिचान स्थापित गरेको उल्लेख गरिएको छ।

विद्यालयले प्राप्त गरेको यो राष्ट्रिय सम्मानले सम्पूर्ण विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा थप उत्साह र जिम्मेवारी थपिएको जनाएको छ। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्दै राष्ट्रका लागि सक्षम जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।