चितवन, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि ४ हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्यांक अनुसार ४ हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्यांकमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ।
यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उहाले जानकारी दिनुभयो । विधानतः सभापतिले मनोनयन गर्ने संख्या २०० रहेको छ। यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताउनुभयो । प्रारम्भिक तथ्यांक अनुसार कोशी प्रदेशबाट प्रतिनिधि संख्या ५२० रहेको छ । मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उहाले जानकारी दिनुभयो ।
महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ । यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् ।





