तुलसीपुर, ५ असार । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा सार्वजनिक विद्यालय क्षेत्रमा मेरो एक दिन कार्यक्रम संचालन गर्ने निति ल्याएको छ । आज शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै उपमहानगरपालिकाले विद्यालय शिक्षाको सुदृढीकरणका लागी विद्यालयमा जनप्रतिनिधि, नगर शिक्षा समिति, वडा कार्यालय,रोष्टर शिक्षक समुह तथा अन्य प्राज्ञिक व्यक्तित्वहरुबाट विद्यालयको निरीक्षण तथा सुपरीवेक्षण कार्यलाई निरन्तरता दिर्दै यस्तो कार्यक्रम लागु गर्ने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई थप प्रभावकारी र महत्व बढाउनका निम्ति सार्वजनिक विद्यालयमा मेरो एक दिन कार्यक्रम गर्ने निति बनाईएको हो ।
यस्तै विद्यालय उमेर समुहका विद्यार्थी तथा बालबालिकाहरुलाई विद्यालयमा भित्रयाउने,टिकाउने र सिकाउने कार्यलाई प्रोत्साहन गर्ने, सिक्दै कमाउदै र माउनेदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिने, अभिभावक संग शिक्षक कार्यक्रम संचालन गर्ने, डिजिटल सिकाई पद्धतीलाई प्रोत्साहन गर्ने, एसईई उतिर्ण भएका विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा जेहेन्दार, विपन्न र द्धण्द्ध पिडित समुदायका छात्रछात्रालाई निशुल्क छात्रबृत्तिका लागी अनलाईन माध्यमबाट छनोट गरी सिफारिस गर्ने नितिलाई निरन्तरता दिने र नर्शरी देखी माध्यमिक तह सम्म निशुल्क शिक्षालाई कार्यन्वयन गर्ने र विद्यालय क्षेत्र वरपर जंगफुट,मादक पदार्थ बस्तु र सुर्तीजन्य बस्तु विक्रिवितरणमा पुर्ण निषेध गर्ने जस्ता नितिहरु अघि सारिएको छ ।





