तल्लो तहसम्म छिट्टै पार्टी एकता हुन्छ : अपार

तुलसीपुुर १२ कार्तीक
नेपाल कम्युनष्टि पार्टी नेकपाका पाँच नम्बर प्रदेश कमिटी सचिव जगप्रसाद शर्मा ‘अपार’ले तल्लो तह सम्मको पार्टी एकता छिट्टै हुने बताउनु भएको छ । नेपाल कम्युनष्टि पार्टी नेकपा – ८ ले पार्टीका संगठित सदस्य निमबहादुर बस्नेतको १३ औं दिनको पुन्य तिथिका अवसरमा अश्वारामा आयोजना गरेको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै सचिव शर्माले पार्टी एकतालाई कम्जोर पार्ने तत्वले बढी हल्ला गरेको बताउनुभयो । ‘विभिन्न काल–खण्डमा पार्टी र देशका लागि बलिदानी गरेका र कठिन सघर्ष गरेका शिर्ष नेताहरु छन,’–अपारले भन्नुभयो , ‘चिन्ता हामीलाई भन्दा पनि उनिहरुलाई बढि छ । त्यसैले कार्तीक महिना भित्र एकता हुन्छ ।’
नेकपा देशकै सबैभन्दा ठूलो पार्टी भएकाले मिल्न र मिलाउन केहि प्राविधिक समस्या भएकाले ढीलो जस्तो देखिएको बताउनभुयो ।
पार्टी एकताका लागि कार्यकर्ता र शुभेच्छुकहरुबाट ठूलो दबाब आइरहेको चर्चा गर्दै सचिव शर्माले नेतृत्व तहसंग कुरा भइरहेको र नेताले पार लगाउने बताउनुभयो । कम्युनिष्ट पार्टीको सरकार संग जनताले ठूलो आशा अपेक्षाग गरेको भन्दै उहाँले यो ठूलो अवसर र चूनौति दुबै रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य नेताहरुले स्वर्गीय बस्नेतले विगतमा समाज, पार्टी र संगठनलाई पु¥याएको योगदानको चर्चा गरेका थिए । पार्टीका टोपबहादुर वलीको अध्यक्षतामा भएको श्रद्धान्जली सभामा नेकपाका नेता शोभाराम बस्नेत, पूर्व सांसद अनारकली मिया, तुलसीपुर उपमहागनरपालिका उप मेयर माया आचार्य लगाएतले श्रद्धान्जली मन्तव्य राखेका थिए । कार्यक्रममा स्र्गीय बस्नेतको जीवनीका बारेमा भतिजा दिलारामा विसीले प्रष्ट्याउनुभएको थियो । नेकपाका पार्टी सदस्य धर्म वलीले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद ज्ञापन मदन बस्नेतले गर्नुभएको थियो । बस्नेतको गत असोज ३१ गते ९० बर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया