२०८३ जेष्ठ २० गते बुधवार

राप्ती लाइफ केयर हस्पिटलद्धारा प्रावि श्रीगै स्कुलमा शैक्षिक सामग्री वितरण

तुलसीपुर, २० जेठ । सामाजिक उत्तरदायित्व अन्तर्गत राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरले विपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण अभियानलाई निरन्तरता दिएको छ। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले तुलसीपुर ७ श्रीगैं स्थित प्राथमिक विद्यालय श्रीगैका २५ जना विद्यार्थीलाई झोला, कापी, पेन्सिल तथा अन्य आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक मुना कुमारी पौडेलको अध्यक्षता तथा वडा अध्यक्ष रामबहादुर जीसीको प्रमुख आतिथ्यता एवं लाइफ केयर हस्पिटलका अध्यक्ष हरिप्रसाद रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष जीसीले हस्पिटलले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।

विगतदेखि नै वडावासीलाई उपचार सेवामा विशेष छुटसहित सेवा प्रदान गर्दै आएको अस्पतालले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ थियो। हस्पिटलका अध्यक्ष रिजालले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शैक्षिक यात्रामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो। प्रधानाध्यापक पौडेलले हस्पिटलले शैक्षि सामग्री सहयोग गरेको प्रति आभार व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार
प्रतिक्रिया