काठमाडौ, १६ जेठ । नेकपा एमालेले पाटी संगठनलाई थप क्रियाशिल बनाउन फेरी नयाँ अभियान चलाउने भएको छ । एमालेले पालिका र वडा तह केन्द्रित मिसन पाटी जागरण अभियान संचालन गर्ने भएको हो । गत जेठ १० मा सम्पन्न सचिवालय बैठकले अन्तर पाटी निर्देशन जारी गर्दै केन्द्रीय नेताहरुको कार्य विभाजन गरेको थियो । उक्त कार्य विभाजन, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सन्देश र स्थानीय तहसम्म नेताहरु परिचालन गरिएको विवरण उल्लेख छ ।
यही अपानि मार्फत प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका निरज आचार्यका अनुसार, आगामी चुनावको तयारी गर्ने गरी पार्टीले अभियान थालेको हो । उहाका अनुसार महानगर र उपमहानगरमा भने वडामा समेत केन्द्रबाटै इन्चार्ज तोकेर नेताहरु पठाइएको छ । सोहि अनुसार स्थानीय तहमा जाने नेताहरुमा केन्द्रीय सदस्यदेखि जिल्लाका सिनियर नेता समेत छन् ।सोहि अनुरुप दाङमा पाटीले छ जना केन्द्रिय नेताहरुलाई जिम्मेवारी तोकेको छ ।
जसमा पाटी केन्द्रिय पोलिटव्युरो सदस्य तथा दाङ ईन्चार्ज नरुलाल चौधरी, केन्द्रिय सदस्यहरु कोमल वली , जीवन गौतम , मेनुका कुमारी पोख्रेल , साजिदा खातुन सिद्दिकी र सिता सिग्देल न्यौपानलाई जिम्मेवारी दिईएको छ । मिसन पाटी जागरणलाई पालिका र वडा केन्द्रित गर्ने लक्ष्य सहित केन्द्रीय कमिटिको तर्फबाट उनीहरुलाई खटाईएको छ । यस्तै सल्यानमा केन्द्रिय सदस्य गोविन्द पुन र रोल्पामा केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोकुलप्रसाद घर्तिमगरलाई जिम्मेवारी तोकीएको छ । पाटीले जेठ मसान्त सम्म संगठित सदस्यता नवीकरण गरी सक्ने , पाटी कमिटिलाई चलायमान बनाउने लगाएत जागरण अभियान मार्फत संचालन गर्ने जनाएको छ ।





