भ्रष्टाचारी र कमिशनखोरलाई देख्न सक्दैन : केसी

तुलसीपुर ८ कार्तीक ÷ प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले भ्रष्टाचारी र कमिशनखोरलाई देख्न पनि नसक्ने बताएका छन् । साना किसान कृषि सहकारी संस्था शान्तिनगर ७ खैरेनीले स्थापना गरेको दुग्ध चिस्यान केन्द्रकोको अनुगमण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय विकासका नाममा आएको बजेटलाई बाँडीचुडी खाने गरेको जनगुनासो आफुकहाँ आउने गरेको बताए ।
‘२५ लाख बजेट आउँछ । १५ लाखमा काम सकिन्छ ’, सदस्य केसीले भने ‘कम्जोर संरचना निर्माण गरेर अरु बाँडेर खाने गरिन्छ ।’
भ्रष्टाचार र कमिशनले मुलुक समृद्धिको यात्रामा अगि नबढ्ने भन्दै उनले आफनो ठाउँमा निर्माण भइरहेका भौतिक पूर्वाधारकाको अनुगमण गरी गलत कार्यका विरुद्ध खबर दारी गर्न जनतालाई आग्रह गरे ।

 

 

सहकारीका अध्यक्ष टेकबहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गिरीराज बस्नेत, एमालेका नेता टीकाराम रिजाल, सुरेश आचार्य, माध्यामिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक गोविन्द घर्ती , युवा संघ क्षेत्र नं ३ का अध्यक्ष टोपबहादुर बुढाथोकी,युवा संघ  जिल्ला सदस्य सन्तोष वली, सहकारीका सदस्य डिल्ली पाण्डे लगाएतले विकासको दृष्टिकोणले पछि परेको पश्चिम दाङको विकासका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
गत भदौमा १९ लाख ७१ हजारमा निर्माण गरिएको चिस्यान केन्द्रमा हाल एक सय लिटर दुध संकलन भइरहेको सहकारीका प्रवन्धक लालबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया