सल्यान ८ जेठ ! सल्यानको छत्रेश्वरी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पालिका अधिवेशन सम्पन्न भएको छ । जेठ ७ गते सम्पन्न अधिवेशनले सम्झना योगीको नेतृत्वमा ११ सदस्यीय पालिका समिति गठन गरेको हो ।नवनिर्वाचित समितिको उपसभापतिमा रमिता केसी डाँगी, सचिवमा किरण ओली, सह–सचिवमा हेमराज ओली तथा कोषाध्यक्षमा दुर्गा जी राना चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा मीनबहादुर घर्ती, मुकुन्द शर्मा, गणेश केसी, पारस ओली, माका बादी र बुद्धिराज ओली चयन हुनुभएको छ ।
पालिका सभापति सम्झना योगीको अध्यक्षता एवं पाटीका कर्णाली प्रदेश महामन्त्री ललित चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले रास्वपा जनताको आशा र भरोसाको शक्ति बन्दै गएको उल्लेख गर्दै देशमा सुशासन र पारदर्शिताको राजनीति आवश्यक रहेको बताउनुभयो । घनश्याम पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तिलक खत्रीले गर्नुभएको थियो ।
उहाँले पुराना राजनीतिक प्रवृत्तिबाट जनतामा निराशा बढेको भन्दै अब वैकल्पिक राजनीतिक शक्तिलाई जनताले विश्वास गर्न थालेको धारणा राख्नुभयो ।जिल्ला सभापति प्रकाश नेपालीले संगठन विस्तारसँगै जनताको समस्या र आवाजलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रदेश सदस्य लोकनाथ योगीले पार्टीलाई गाउँस्तरसम्म मजबुत बनाउन सबै कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । युवा नेता हरि केसीले युवाहरू अब परिवर्तनको अभियानमा सक्रिय हुनुपर्ने उल्लेख गर्नुभयो भने टोपेन्द्र केसीले जनविश्वास कायम राख्ने गरी पार्टीले काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अधिवेशनकै अवसरमा विभिन्न दल परित्याग गरी केही व्यक्तिहरू रास्वपामा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्नेहरूमा प्रेम केसी (नेकपा), जनक ओली वडा नं. ४ अध्यक्ष नेकपा, नेबबहादुर खत्री (नेकपा), पारस ओली (नेकपा), मीनबहादुर घर्ती (एमाले) तथा टीका बुढाथोकी (नेकपा) रहेका छन् ।नवप्रवेशीहरूलाई कार्यक्रममा स्वागत गरिएको थियो ।अधिवेशनले संगठन सुदृढीकरण, युवाको सहभागिता वृद्धि तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको (Rat) संयोजक लोकनाथ योगीले जानकारी दिनुभएको छ ।





