२०८३ जेष्ठ ४ गते सोमवार

रास्वपा तुलसीपुर ४ को सभापतीमा बासुदेव पोख्रेल चयन

तुलसीपुर, ३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज(आईतवार) दाङ सहित देशभर वडा भेलाको आयोजना गरेको छ । सोहि अनुरुप रास्वपाले तुलसीपुर उपमहानगरपालिकामा वडा नम्वर ४ मा प्रथम ऐतिहासिक वडा भेला सम्पन्न गरेको छ । भेलाले बासुदेब पोख्रेलको नेतृत्वमा ९ सदस्यीय वडा समिति गठन गरेको छ ।जसमा वडा समितिको उपसभापतीमा पोषण नेपाली , सचिवमा कमल पोख्रेल चयन हुनु भएको छ भने सदस्यहरुमा तारा राना, बिन्दु नेपाली , उमाकान्त रिजाल, नविना खत्री, जित बहादुर डाँगी र पार्वती भुषाल चयन हुनु भएको छ ।

सो अवसरमा बोल्ने बक्ताहरुले जनताको मुद्दालाई प्राथमिकतामा राख्दै वडास्तरबाटै वैकल्पिक राजनीतिक अभ्यासलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । वडा सभापति बासुदेब पोख्रेलको अध्यक्षतामा भेला सम्पन्न भएको हो । सो अवसरमा अधिवेशन संयोजक निम खड्का, नगर सभापती जिवन भण्डारी, अधिवेशन समितिका सदस्य नेत्रमणी भण्डारी लगाएतको उपस्थिति रहेको वडा सभापती बासुदेव पोख्रेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार
प्रतिक्रिया