२०८३ जेष्ठ १ गते शुक्रवार

तुलसीपुर ११ को निर्णय-कक्षा ११ मा भर्ना हुने छात्रालाई पोसाक दिने

तुलसीपुर, १ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ ले कक्षा ११ मा अध्ययन गर्ने छात्राहरुलाई विद्यालय पोसाक उपलब्ध गराउने निर्णय गरेको छ ।शुक्रवार बसेको वडा समितिको बैठकले भरखरै सार्वजनिक भएको एसईई परीक्षामा उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने वडा भित्रका छात्राहरुलाई पोसाक प्रदान गर्ने निर्णय गरेको वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो ।

वडाअन्तर्गत रहेका अमर माध्यमिक विद्यालय र शान्ति माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुने छात्राहरुलाई लक्षित गरी यस्तो निर्णय गरिएको वडा अध्यक्ष रावतले जानकारी दिनुभयो । साथै वडा समितिले एसईई परीक्षामा उत्तीर्ण गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना समेत गरेको वडा अध्यक्ष रावतले बताउनुभयो ।वडाले छात्रा शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको बताउदै वडा अध्यक्ष रावतले यो सुविधान लिनका लागी छात्राहरुलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार
प्रतिक्रिया