२०८३ बैशाख ३० गते बुधवार

अर्घाखाँचीमा बस दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत(घाईतेहरुको विवरण सहित)

अर्घाखाँची,२९ बैशाख । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो । उहाका अनुसार दुर्घटनामा परी बस चालक पर्वतको मोदी गाउँपालिका वडा नम्वर ५ बस्ने ४५ बर्षिय रमेश जिसी, पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ७८ बर्षिया राममाया बस्नेत, सोहि ठाउँका ७८ बर्षिया बिन्दु कुंवर र पर्वतको मोदी गाउँपालिका वडा नम्वर ५ बस्ने ५० बर्षिया कौशिला रेग्मीको मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

सुपादेउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस आज दिउँसो पाणिनी गाउँपालिका ८ कोल्डाँडा स्थित भित्रि सडकखण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाईते हुनेमा चालककी श्रीमती पर्वतको मोदी गाउँपालिका वडा नम्वर ५ बस्ने ४२ बर्षिया पवित्रा जिसी, सोहि ठाउँ बस्ने ४७ बर्षिया पवित्रा कुमारी पौडेल, कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्वर ८ बस्ने ५५ बर्षिया रिता कुंवर, पर्वतको मोदी गाउँपालिका वडा नम्वर ५ बस्ने ३५ बर्षिया उमा पौडेल, सोहि ठाउँका ४९ बर्षिय विष्णु केसी, ४६ बर्षिया दिपा पौडेल, ६९ बर्षिय देव बहादुर अखेली लगाएतका रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जानकारी दिएको छ ।बस सडकबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार
प्रतिक्रिया