दाङ, २९ बैशाख । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी २६ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । सुपादेउराली दर्शन गरी अर्घाखाँचीबाट पर्वत जादै गरेको ध १ ख ५०४ नम्बरको बस पाणिनी गाउँपालिका ८ कोल्डाँडा स्थित भित्रि सडकखण्डमा आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा परी घाईते भएका मध्ये २० जनालाई मिसन अस्पताल पाल्पा र ६ जनालाई जिल्ला अस्पताल सन्धीखर्कमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार


















