दाङ, २९ बैशाख । अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाको पाणिनी गाउँपालिका ८ दुर्गा फाँट कुडुलेमा ध १ ख ५०४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको र सनाखत हुन बाँकी रहेको छ ।दुर्घटना स्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली पुगिसकेको छ भने घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको जनाइएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार


















