फोटो फाईल
काठमाडौ, २६ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनबारे कांग्रेस र एमालेबाहेक अन्य समीकरण बन्ने सम्भावना नरहेको बताउनु भएको छ । कैलालीको धनगढीमा आयोजित सुदुर पश्चिम प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाले प्रदेश सरकारको विषयमा अनावश्यक भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।
अहिले ६ प्रदेशमा कांग्रेस–एमालेबीचको समझदारीमा सरकार रहेको उल्लेख गर्दै सभापति थापाले नेतृत्व परिवर्तन वा सरकार सञ्चालनसम्बन्धी विषय दुई दलबीचकै छलफलको विषय हुने बताउनु भयो ।सभापति थापाले मधेश प्रदेशमा हाल कायम सत्ता समीकरणले नै निरन्तरता पाउने पनि स्पष्ट पार्नुभयो । उहाका अनुसार मधेश प्रदेशमा कांग्रेस, माओवादी तथा मधेशकेन्द्रित दलहरू सम्मिलित सरकार यथावत् रहनेछ ।
प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार


















