सल्यान २५ बैशाख ! बागचौर नगरपालिकाले शिक्षा क्षेत्रमा सफलता हासिल गर्दै जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। IEMIS को पछिल्लो तथ्याङ्कअनुसार बागचौरले शिक्षा व्यवस्थापन र शैक्षिक सुधारमा प्रभावशाली प्रगति गर्दै सल्यान जिल्लामा प्रथम स्थान सुरक्षित गरेको हो।
तथ्याङ्क अनुसार बागचौर नगरपालिका कर्णाली प्रदेशभित्र उत्कृष्ट २५ स्थानीय तहभित्र पर्न सफल भएको छ भने देशभरका स्थानीय तहमध्ये पनि उत्कृष्ट २७३ औँ स्थानमा आफ्नो उपस्थिति दर्ज गराएको छ।नगरपालिकाले पछिल्ला वर्षहरूमा शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै विद्यालय सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयहरूको भौतिक पूर्वाधार विस्तार, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा निरन्तर लगानी गरिएकै कारण यस्तो उपलब्धि हासिल भएको नगर प्रमुख जनक गौतमले बताउनु भयको छ।
यस उपलब्धिलाई नगर कार्यपालिका, शिक्षा समिति, शिक्षा शाखा, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूको साझा मेहनत र समन्वयको परिणामका रूपमा लिइएको छ।नगरपालिकाले आगामी दिनमा पनि शिक्षा सुधार अभियानलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय, व्यवस्थित र आधुनिक शिक्षा प्रणाली निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको


















