२०८३ बैशाख १५ गते मङ्गलवार

तुलसीपुर क्षेत्रमा आजदेखी विद्यालयमा पठनपाठन सुरु

फोटो फाईल

तुलसीपुर, १५ बैशाख । सरकारको निर्णय अनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू गर्ने भनेता पनि स्थानिय तहले भने पठनपाठन सुरु गरेका छन् । यस अघि सरकारले वैशाख १५ गतेदेखि भर्ना गर्ने र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरी सोहि अनुसार परिपत्र गरेको थियो । तर तुलसीपुर उपमहानगरपालिकाले आफनो अधिकार प्रयोग गर्दै आजदेखी पठनपाठन सुरु गरेको छ ।

विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए । यसपटक नयाँ सरकार गठन भएसंगै सरकारको निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आजदेखि नै भर्ना थाल्न र २१ गतेदेखि पठनपाठन शुरू गर्न भनेकोमा तुलसीपुरमा गत बैशाख ७ गतेदेखी विद्यार्थी भर्ना अभियान सुरु गरेर आजबाट पठनपाठन सन्चालन भएको छ ।

तुलसीपुर उपमहानगर शिक्षा समितिको मिति २०८२/१२/२९ गते बसेको बैठकको निर्णय अनुसार ७ गतेदेखी भर्ना सुरु गरिएको थियो । सोहि अनुसार तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थी भर्ना अभियान सुरु गरी आजदेखी पढाई सुचारु गरेका छन् ।

तुलसीपुर उपमहानगरको विद्यालय भर्ना सम्बन्धी सुचना

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भर्ना सम्बन्धी सुचना

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया