काठमाडौँ — ९,बैशाख । गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जाल मार्फत आफुले राजीनामा दिएको घोषणा गर्नुभएको छ । पछिल्लो समय लगानीका विषयमा विवाद उत्पन्न भइरहेका बेला उहाँको राजीनामा आएको हो ।
गृहमन्त्री गुरुङले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङमाथि पनि प्रश्न उठेको थियो । पद भन्दा नैतिकता ठुलो कुरा भएको भन्दै गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत राजिनामा दिएको घोषणा गर्नुभएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार


















