२०८३ बैशाख ७ गते सोमवार

कांग्रेस संसदीय दलको नेता चुन्न वैशाख ११ गते चुनाव हुने

फोटो फाईल

काठमाण्डौ,७ बैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्नका लागि आउँदो शुक्रवार वैशाख ११ गते चुनाव हुने भएको छ । निर्वाचन समितिले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको हो ।

चुनावका लागि वैशाख १० गते बिहीवार दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने, शुक्रवार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको दरखस्त लिने र शुक्रवार दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया