२०८३ कार्तिक ८ गते शनिवार

एम्बुलेन्सको ठक्करबाट २ जना पैदलयात्रुको मृत्यु

फोटो फाईल

बर्दिया, ६ बैशाख । एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जना पैदलयात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।राजापुर जाँदै गरेको एम्बुलेन्सले आज बिहान सवा ५ बजे सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उहाँका ८ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती सीता र अर्का स्थानीय बासिन्दा सूर्य उपाध्याय घाइते हुनुभएको छ । उहाँहरूको नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।