फोटो फाईल
बर्दिया, ६ बैशाख । एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जना पैदलयात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।राजापुर जाँदै गरेको एम्बुलेन्सले आज बिहान सवा ५ बजे सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उहाँका ८ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती सीता र अर्का स्थानीय बासिन्दा सूर्य उपाध्याय घाइते हुनुभएको छ । उहाँहरूको नेपालगञ्जमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार












