काठमाडौ, १ बैशाख । नेपाली कांग्रेसको एक महिने जरा अभियान शुरू भएको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि सभापति गगनकुमार थापाले आज अभियान शुरुवात गर्नुभएको हो ।सभापति थापाले काठमाण्डौ महानगरपालिका वडा–३० मा आज क्रियाशील सदस्यता अद्यावधिक गरी अभियानको शुभारम्भ गर्नुभयो ।
पार्टीको एक महिने ‘जरा अभियान’ शुरुआत गर्दै उहाँले आफू पार्टी जिम्मेवारीमा भएकाले लचिलो रूपमा प्रस्तुत भइरहेको बताउनुभयो ।यो अभियान वैशाख महिनाभर चल्ने र अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको नेपाली कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख १ गते मङ्गलवार












