घोराही, २५ चैत । नेकपा एमाले दाङको जिल्ला भेला आज पार्टी कार्यालय घोराहीमा सम्पन्न भएको छ । जिल्ला कमिटिका उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले पाटी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्नुभएको छ । उहाले पाटी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गर्नुभयो। वर्तमान सरकारले प्रतिशोधको राजनीति त्यागेर विकास र समृद्धिको बाटोमा अघि बढ्न उहाले आग्रह गर्नुभयो।
भेलामा जिल्लाका दशवटै पालिका कमिटिका अध्यक्ष तथा नेता र कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा नेकपा एमालेका पूर्व लेखा समिति सदस्य सावित्रा विश्वकर्मा, प्रदेश कमिटी सचिवालय सदस्य तुलसा केसी लगायतका नेताहरूले पनि समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो भने भेलाको सहजीकरण जिल्ला सचिव श्याम डाँगीले गर्नुभएको थियो। तत्कालिन शुशिला कार्की नेतृत्वको सरकारले गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको घटनाको छानविन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनको आधारमा बर्तमान सरकारले केपी शर्मा ओली र पुर्वगृहमन्त्री तथा कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान भईरहेको छ ।








