महोत्तरी,२४ चैत । महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डको बथनाहा गाउँमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा मृत्यु भएका र घाइते हुने विद्यार्थीहरूको परिचय खुलेको छ ।मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ का २० वर्षीय शुभाष दास, २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ का २० वर्षीय अभिषेक मण्डल रहेका प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेहरूमा जलेश्वर–६ कै १९ वर्षीय रोहित दास, १९ वर्षीय अभय कापर र एकडारा–५ बथनाहाका २० वर्षीय अजय कापर रहेका छन् ।घाइतेहरूको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडक खण्डको एकडारा गाउँपालिका–५ मा रहेको बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए ।
प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार








