२०८३ कार्तिक ८ गते शनिवार

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका तिन जनाको सनाखत

महोत्तरी,२४ चैत । महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डको बथनाहा गाउँमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा मृत्यु भएका र घाइते हुने विद्यार्थीहरूको परिचय खुलेको छ ।मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ का २० वर्षीय शुभाष दास, २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ का २० वर्षीय अभिषेक मण्डल रहेका प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरूमा जलेश्वर–६ कै १९ वर्षीय रोहित दास, १९ वर्षीय अभय कापर र एकडारा–५ बथनाहाका २० वर्षीय अजय कापर रहेका छन् ।घाइतेहरूको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।

आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडक खण्डको एकडारा गाउँपालिका–५ मा रहेको बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए ।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।