फोटो फाईल
महोत्तरी , २४ चैत । महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डको बथनाहा गाउँमा आज दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
प्रहरीले अहिलेसम्म ज्यान गुमाउने तथा घाइते कसैको पनि परिचय नखुलेको र मोटरसाइकल पनि पूर्णरूपमा जलेर नम्बरप्लेटसमेत नदेखिने अवस्थामा रहेको बताएको छ ।आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडक खण्डको एकडारा गाउँपालिका–५ मा रहेको बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ती विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा -एसईई) दिएर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार








