२०८२ चैत्र २० गते शुक्रवार

एमाले दाङको निर्णय : कडा सडक संघर्ष गर्ने

चैत १४  दाङ ।  नेकपा एमाले दाङको जिल्ला सचिवालय तथा उपलब्ध कमरेडहरुको बैठकले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वलीको गिरफ्तारीप्रति घोर विरोध जनाउँदै सडक संघर्षमा उत्रने निर्णय गरेको छ। जिल्ला पार्टी कार्यालय घोराहीमा आज जिल्ला कमिटी उपाध्यक्ष मनोहर बुढाथोकिको अध्यक्षता तथा केन्द्रीय सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको सञ्चालन सचिव श्याम डाँगीले गर्नुभएको थियो।

बैठकले वर्तमान सरकारले अध्यक्ष ओलीलाई अवैधानिक तथा अमर्यादित ढंगले पक्राउ गरेको ठहर गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। उक्त कदम लोकतान्त्रिक मूल्य, विधि र प्रक्रियाविपरीत रहेको उल्लेख गर्दै बैठकले त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको हो।

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार
प्रतिक्रिया