काठमाडौ, २९ फागुन । झापामा गएराति आएको भीषण वर्षा र हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुख ढल्दा हल्दीबारी गाउँपालिका २ पाराखोपीमा १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको छ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा नजिकैको आँपको रुख घरमाथि ढल्दा उहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।वर्षासँगै आएको हावाहुरीबाट थप दुई जनाको मृत्यु भएको छ। हल्दीबारी २ का ३७ वर्षीय सुनिलराम सोरेनको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।
त्यसैगरी अर्जुनधारा ४ रातेखालस्थित खोल्सामा डुबेर ५० वर्षीय कृष्ण कटुवालको मृत्यु भएको प्रहरीले बताएको छ। यस्तैगरी बर्षा सहितको हावाहुरीका कारण व्यापारिक प्रतिष्ठान, विर्तामोड क्षेत्रका पसल तथा घरहरूमा पानी पसेर ठूलो नोक्सानी पुगेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।