२०८२ चैत्र २० गते शुक्रवार

दाङ–१ मा मेटमणी र रेवतीरमणको जमानत जफत

तुलसीपुर, २५ फागुन । दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको छ। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका मेटमणी चौधरीले अपेक्षित मत ल्याउन सकेनन्। उनले जम्मा ४ हजार ९६५ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भएको हो।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्माको पनि जमानत जफत भएको छ। शर्माले ६ हजार ८ सय २५ मत प्राप्त गरेका छन्, जुन जमानत जोगाउन आवश्यक मतभन्दा कम हो।

निर्वाचन नियमअनुसार उम्मेदवारले जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ। दाङ–१ मा कुल सदर मत ७६ हजार ३८९ रहेको छ। त्यसको १० प्रतिशत अर्थात् ७ हजार ६३९ मत आवश्यक पर्छ। तर दुवै उम्मेदवारले उक्त मतसंख्या प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो।

प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते सोमवार
प्रतिक्रिया