२०८३ भाद्र १२ गते शुक्रवार

चितवनमा अटो दुर्घटना हुदा चार जनाको मृत्यु, एक जना घाईते

फोटो फाईल

चितवन, २३ फागुन । चितवनको कालिका नगरपालिका ९ मा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।उपरदाङढीबाट शक्तिखोरतर्फ जार्दै गरेको बा.प्र ०६ (००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भएर नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्ररीका अनुसार दुर्घटनामा परी अटो चालक राप्ती नगरपालिका ९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका ८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती नगरपालिका ९ की २२ वर्षीया बिनी तामाङ र सोही ठाँउका ५५ वर्षका तिलक तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी राप्ती ९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते हुनु भएको छ । उहाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया