२०८३ भाद्र १३ गते शनिवार

दाङमा होली खेलेर नुहाउन गएका किशोरको डुबेर मृत्यु

तुलसीपुर, १९ फागुन । दाङको घोराहीमा पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ ठोकरैया निवासी १३ वर्षका दिवश बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

दिनभरी होली खेलेर बाहुनडाडाँको गंगटे ड्याममा दिवश, साथीहरुसंग पौडी खेल्न बेलुकी करिब ५ बजे पोखरीमा पसेको थिए । पौडी खेल्ने क्रमममा डुबेर वेपत्ता भएपछि नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले उनलाई मृत अवस्थामा साँझ ६ बजे फेला पारेको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।