२०८३ कार्तिक ८ गते शनिवार

पोखराबाट काठमाडौ जादै गरेको बस भैसेडाँडामा दुर्घटना हुँदा१७ जनाको मृत्यु

फोटो फाईल

काठमाडौ, ११ फागुन ।पोखराबाट काठमाडौं जादै गरेको यात्रुवाहकबस गएराती त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेको प्रहरीको भनाई छ । दुर्घटनामा ज्यान गुमाएकाहरु पहिचान हुन बाँकी रहेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग१ख १४२१ नम्बर बस गएराति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।